दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु
शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली र लेखक पक्राउ
शनिबार, चैत १४, २०८२
काठमाडौँ - जेनजी आन्दोलनका क्रममा भएका मृत्युसम्बन्धी घटनाअनुसन्धानका लागि भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तपूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । शनिबार विहान ओली लेखकलाई वर्तमान सरकार गठनसँगै पक्राउ गरिएको हो । जेनजी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा...
काठमाडौँ - जेनजी आन्दोलनका क्रममा भएका मृत्युसम्बन्धी घटनाअनुसन्धानका लागि भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तपूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । शनिबार विहान ओली लेखकलाई वर्तमान सरकार गठनसँगै पक्राउ गरिएको हो । जेनजी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको हो।
जिपि स्मृति रनिङ् शिल्ड महिला भलिवल : सिद्धेश्वरी र उजिरसिंह फाइनलमा
शुक्रबार, चैत १३, २०८२
बुटवल - बुटवलमा सञ्चालन गरिएकाे विद्यालय स्तरिय जिपि स्मृति रनिङ् शिल्ड महिला भलिवलकाे उपाधिका लागि फाइनलमा सिद्धेश्वरी माध्यमिक विद्यालय र उजिरसिंह माध्यमिक भिड्ने भएका छन् ।नेपाली काँग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकाे १६औं स्मृति दिवसकाे अवसरमा जिपि स्मृति प्रतिष्ठान रुपन्देहीले आयाेजना गरेकाे महिला भलिवल रनिङ् शिल्ड प्रतियाेगितामा सिद्धेश्वरीले नवीन र...
बुटवल - बुटवलमा सञ्चालन गरिएकाे विद्यालय स्तरिय जिपि स्मृति रनिङ् शिल्ड महिला भलिवलकाे उपाधिका लागि फाइनलमा सिद्धेश्वरी माध्यमिक विद्यालय र उजिरसिंह माध्यमिक भिड्ने भएका छन् ।नेपाली काँग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकाे १६औं स्मृति दिवसकाे अवसरमा जिपि स्मृति प्रतिष्ठान रुपन्देहीले आयाेजना गरेकाे महिला भलिवल रनिङ् शिल्ड प्रतियाेगितामा सिद्धेश्वरीले नवीन र उजिरसिंहले पर्राेहालाई हराएर फाईनलमा प्रवेश गरेका हुन् ।
एसइई तयारी पूरा, चैत १९ देखि परीक्षा सुरु
शुक्रबार, चैत १३, २०८२
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा चैत १९ गतेदेखि देशभर बिहान ८ बजेदेखि एकै समयमा सुरु हुनेछ।यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुनेछन्, जसमा छात्राको सङ्ख्या बढी रहेको छ। देशभर १,९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा चैत १९ गतेदेखि देशभर बिहान ८ बजेदेखि एकै समयमा सुरु हुनेछ।यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुनेछन्, जसमा छात्राको सङ्ख्या बढी रहेको छ। देशभर १,९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ
चैत २९ देखि बुटवलमा प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप हुँदै
शुक्रबार, चैत १३, २०८२
बुटवल- सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ हुने भएको छ । चैत १९ गतेबाट हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको ९० प्रतिशत काम सकिएको शुक्रबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष सुजु मल्लले बताए ।
बुटवल- सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ हुने भएको छ । चैत १९ गतेबाट हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको ९० प्रतिशत काम सकिएको शुक्रबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष सुजु मल्लले बताए ।
विश्वशान्तिको कामना गर्दै कालीगण्डकीमा साढे दुई करोड दीप प्रज्ज्वलन
शुक्रबार, चैत १३, २०८२
म्याग्दी- विश्व शान्तिको कामना गर्दै आइतबार बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ।विश्व हिन्दू महासंघ म्याग्दीले रामनवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दीप प्रज्ज्वलन गरेको हो।
म्याग्दी- विश्व शान्तिको कामना गर्दै आइतबार बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ।विश्व हिन्दू महासंघ म्याग्दीले रामनवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दीप प्रज्ज्वलन गरेको हो।
अर्थमन्त्री डा. वाग्लेको पहिलो निर्णय, राजस्व अनुसन्धान विभाग र १५ ऐन खारेज गर्ने
शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन। अर्थमन्त्रीको पदभार सम्हाल्दै डा वाग्लेले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा सिफारिस भएका अनुसन्धान विभागलगायत १५ ऐन खारेजको घोषणा गरेका हुन्। यही चैत १२ सम्मको आर्थिक स्थितीपत्र सार्वजनिक गर्दै १०० दिनको अर्धवार्षिक र वार्षिक...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन। अर्थमन्त्रीको पदभार सम्हाल्दै डा वाग्लेले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा सिफारिस भएका अनुसन्धान विभागलगायत १५ ऐन खारेजको घोषणा गरेका हुन्। यही चैत १२ सम्मको आर्थिक स्थितीपत्र सार्वजनिक गर्दै १०० दिनको अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउन बनाउने जानकारी दिएका छन्।
लुम्बिनीमा पर्यटक सूचना बोर्ड स्थापना
शुक्रबार, चैत १३, २०८२
लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीको विभिन्न स्थानमा संयुक्त राष्ट्र संघको सहयोगमा पर्यटक सुचना बोर्ड राखिएको छ । सुचना बोर्डको मंगलबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बेले संयुक्त रुपमा उद्घाघन गरे लुम्बिनी आउने तीर्थालु तथा पर्यटकहरुलाई लुम्बिनीको इतिहास र महत्वको वारेमा...
लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीको विभिन्न स्थानमा संयुक्त राष्ट्र संघको सहयोगमा पर्यटक सुचना बोर्ड राखिएको छ । सुचना बोर्डको मंगलबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बेले संयुक्त रुपमा उद्घाघन गरे लुम्बिनी आउने तीर्थालु तथा पर्यटकहरुलाई लुम्बिनीको इतिहास र महत्वको वारेमा जानकारी दिने उद्धेश्यले सुचना बोर्ड राखिएको विकास कोषले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई
शुक्रबार, चैत १३, २०८२
बुटवल - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। शुक्रबार प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन्। उनले नजिकबाट काम गर्ने चाहना व्यक्त गरेका छन्। ‘नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब...
बुटवल - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। शुक्रबार प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन्। उनले नजिकबाट काम गर्ने चाहना व्यक्त गरेका छन्। ‘नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो।
रुपन्देहीका सुनिल लम्सालले समाले भौतिक पूर्वाधार मन्त्रालय
शुक्रबार, चैत १३, २०८२
बुटवल - आफ्नै विज्ञता अनुसारको जिम्मेवारी पाएका छन् रुपन्देही १ बाट निर्वाचित सुनिल लम्सालले । बालेन शाह नेतृत्वको सरकारमा उनैका सारथी इञ्जिनियर लम्सालले भौतिक पूर्वाधारमा नियुक्त भएका हुन् । रास्वपाका महामन्त्री लम्सालले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्राविधिक पृष्ठभूमि र पूर्वाधार निर्माणको प्रत्यक्ष अनुभव...
बुटवल - आफ्नै विज्ञता अनुसारको जिम्मेवारी पाएका छन् रुपन्देही १ बाट निर्वाचित सुनिल लम्सालले । बालेन शाह नेतृत्वको सरकारमा उनैका सारथी इञ्जिनियर लम्सालले भौतिक पूर्वाधारमा नियुक्त भएका हुन् । रास्वपाका महामन्त्री लम्सालले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्राविधिक पृष्ठभूमि र पूर्वाधार निर्माणको प्रत्यक्ष अनुभव बोकेका लम्सालबाट अब देशको भौतिक विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।
बालेन नेतृत्वको सरकारकाे यस्ता छन निर्णय
शुक्रबार, चैत १३, २०८२
काठमाडौं - नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत...
काठमाडौं - नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने), भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।
बालेन शाह बने प्रधानमन्त्री
शुक्रबार, चैत १३, २०८२
काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज शंखनाद, वैदिक मन्त्र र बौद्ध पाठको संगमबीच नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिए।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार आजै बिहान नियुक्त गरेका शाहलाई औपचारिक समारोहबीच शपथ गराए।
काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज शंखनाद, वैदिक मन्त्र र बौद्ध पाठको संगमबीच नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिए।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार आजै बिहान नियुक्त गरेका शाहलाई औपचारिक समारोहबीच शपथ गराए।
संसार बचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदान, ५६ यूनिट संकलन
बिहीबार, चैत १२, २०८२
बुटवल - संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले विहिबार वृहत रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १४ औ स्थापना दिवस तथा ६९ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा विहिबार बुटवल देविनगर चौपारीमा रक्तदान कार्यक्रम गरेका हुन् । जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीले रक्तदान जस्तो पवित्र कार्य...
बुटवल - संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले विहिबार वृहत रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १४ औ स्थापना दिवस तथा ६९ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा विहिबार बुटवल देविनगर चौपारीमा रक्तदान कार्यक्रम गरेका हुन् । जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा धन्यवाद दिए


