Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
बुटवल कालिका क्याम्पसले पायो क्यूएए मान्यता, खुशीयालीसभा मार्फत धन्यवाद !
बुटवल कालिका क्याम्पसले पायो क्यूएए मान्यता, खुशीयालीसभा मार्फत धन्यवाद ! बुटवल – बुटवल कालिका क्याम्पसले स्थापनाको छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको छ ।१२ बर्षअघि २०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले छोटो अवधिमै क्यूएए प्राप्त गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । क्याम्पसले यहि खुशीयालीमा बुधबार क्याम्पसमा खुशीयाली सभा गरेको... बुटवल – बुटवल कालिका क्याम्पसले स्थापनाको छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको छ ।१२ बर्षअघि २०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले छोटो अवधिमै क्यूएए प्राप्त गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । क्याम्पसले यहि खुशीयालीमा बुधबार क्याम्पसमा खुशीयाली सभा गरेको छ । 
सांसद चौधरीले भने– प्रधानमन्त्रीले संविधानको व्यवस्था उल्लङ्घन गर्नुभयो
सांसद चौधरीले भने– प्रधानमन्त्रीले संविधानको व्यवस्था उल्लङ्घन गर्नुभयो नेकपा एकीकृत समाजवादी० पार्टीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा २ को पालना नगरेको बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था उल्लङ्घन गरेको बताएका हुन्... नेकपा एकीकृत समाजवादी० पार्टीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा २ को पालना नगरेको बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था उल्लङ्घन गरेको बताएका हुन् । 
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका(६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका(६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 
२६ सय भन्दा बढीमा डेङ्गु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा
२६ सय भन्दा बढीमा डेङ्गु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा पुस यता दुई  हजार छ सयभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई  हजार ६३५ जनामा डेङ्गु पुष्टि भएको जानकारी दिए ।  पुस यता दुई  हजार छ सयभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई  हजार ६३५ जनामा डेङ्गु पुष्टि भएको जानकारी दिए । 
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् । आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले... दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् । आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले सफाइ दिएको थियो । केही महिना अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी०ले उनलाई सबै प्रतिबन्ध हटाएको थियो । 
आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।   नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  
सिस्टम  अपग्रेटसंगै सिद्धार्थ केवलकार सञ्चालन
सिस्टम  अपग्रेटसंगै सिद्धार्थ केवलकार सञ्चालन बुटवल- बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ । केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको... बुटवल- बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ । केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए । 
करिव २२ घन्टापछि खुल्याे बुटवल-पाल्पा सडक
करिव २२ घन्टापछि खुल्याे बुटवल-पाल्पा सडक बुटवल – अविरल वर्षाका कारण अबरुद्ध बुटवल–पाल्पा सडकखण्ड अपरान्हदेखि  सञ्चालनमा आएको छ। साेमबार साँझदेखि ढु‌गा सहितकाे पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएकाे थियाे । करिव २२ घन्टापछि बुटवल पाल्पा सडक खुलेकाे हाे ।  बुटवल – अविरल वर्षाका कारण अबरुद्ध बुटवल–पाल्पा सडकखण्ड अपरान्हदेखि  सञ्चालनमा आएको छ। साेमबार साँझदेखि ढु‌गा सहितकाे पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएकाे थियाे । करिव २२ घन्टापछि बुटवल पाल्पा सडक खुलेकाे हाे । 
बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त हेटौँडा - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुन्। हेटौँडा - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुन्।
बुटवल न्यू दुर्गानगरको कुलोमा खसेका अनिल चार दिनसम्म पनि भेटिएनन्, आफन्तकाे रुवाबासी!
बुटवल न्यू दुर्गानगरको कुलोमा खसेका अनिल चार दिनसम्म पनि भेटिएनन्, आफन्तकाे रुवाबासी! बुटवल–बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाई चार दिनदेखि वेपत्ता भएका छन् । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाईको वेपत्ता भएका हुन् । दुर्गानगर स्थित तिनाउ नदीबाट मोतिपुर नहरपुर क्षेत्रका लागि लगिएको नहरमा बाढी आएकाले मोटरसाईकल सहित दमाई... बुटवल–बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाई चार दिनदेखि वेपत्ता भएका छन् । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाईको वेपत्ता भएका हुन् । दुर्गानगर स्थित तिनाउ नदीबाट मोतिपुर नहरपुर क्षेत्रका लागि लगिएको नहरमा बाढी आएकाले मोटरसाईकल सहित दमाई खसेको अनुमान गरिएको छ । नहरमा अनिलले चलाएको मोटरसाईकल भेटिएको छ । 
सुनको मुल्य अहिलेसम्मकै उच्च
सुनको मुल्य अहिलेसम्मकै उच्च नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै
एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै नेकपा एमालेले बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहणसँगै मन्त्रिपरिषद् गठन मङ्गलबार दिउँसो हुँदैछ ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले... नेकपा एमालेले बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहणसँगै मन्त्रिपरिषद् गठन मङ्गलबार दिउँसो हुँदैछ ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरु टुङ्गो लागेको जानकारी दिए। 
Weather Update