भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा कार्की निर्वाचित
आइतबार, साउन १७, २०८३
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन
आइतबार, साउन १७, २०८३
बुटवल- नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ -छाता संगठन) सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको...
बुटवल- नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ -छाता संगठन) सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको थियो ।
सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह
शनिबार, साउन १६, २०८३
दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । उत्तेजनाभन्दा संयमता र संवादमार्फत मात्रै शान्ति कायम हुन सक्ने भन्दै उहाँले शान्ति र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयो ।

जितेश्वरी आमा समूहद्धारा भैरव मन्दिर सरसफाई तथा बृक्षारोपण
शनिबार, साउन १६, २०८३
बुटवल- बुटवल १३ स्थित जितेश्वरी आमा समूहले शनिबार भैरव मन्दिर क्षेत्रको सरसफाई तथा बृक्षारोपण गरेको छ। साउन १५ को अवसरमा जितेश्वरी टोल विकास संस्थाको सहयोगमा आमा समूहले सरसफाई तथा बृक्षारोपण गरेको हो ।

देशभरका सुनचाँदी व्यवयासीहरु बुटवलमा भेला हुँदै
शुक्रबार, साउन १५, २०८३
बुटवल - देशभरका ७ सय सुनचाँदी व्यवसायीहरु शनिबार बुटवलमा भेला हुने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाका लागि महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरु बुटवलमा भेला हुन लागेका हुन् । बार्षिक साधारणसभाका...
बुटवल - देशभरका ७ सय सुनचाँदी व्यवसायीहरु शनिबार बुटवलमा भेला हुने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाका लागि महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरु बुटवलमा भेला हुन लागेका हुन् । बार्षिक साधारणसभाका लागि केन्द्रीय पदाधिकारीहरु बुटवलमा आइपुगेका छन् ।
एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन
शुक्रबार, साउन १५, २०८३
दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताउनुभएको हो ।

साम्प्रदायिक हिंसा नहोस् भनेर लुम्बिनीमा शान्ति प्रार्थना
शुक्रबार, साउन १५, २०८३
बुटवल - सुनसरीमा उत्पन्न घटनापछि मुलुकमा देखिएको अशान्ति, हिंसा अन्त्यको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्तिपाठ गरिएको छ ।लुम्बिनी विकास कोषको आयोजनामा सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामना सहित मायादेवी मन्दिरमा शान्ति पाठ तथा प्राथना गरिएको हो । भिक्षु भिक्षुणीहरुले पछिल्लो समय विभिन्न द्धन्द्धका कारणले मृत्यू...
बुटवल - सुनसरीमा उत्पन्न घटनापछि मुलुकमा देखिएको अशान्ति, हिंसा अन्त्यको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्तिपाठ गरिएको छ ।लुम्बिनी विकास कोषको आयोजनामा सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामना सहित मायादेवी मन्दिरमा शान्ति पाठ तथा प्राथना गरिएको हो । भिक्षु भिक्षुणीहरुले पछिल्लो समय विभिन्न द्धन्द्धका कारणले मृत्यू भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, सद्भाव, सहिष्णुता र भातृत्वको कामना गरेका छन् ।
बेलहिया हाेटलमा भारतीय र चिनियाँ सिम सहित कलवाइपास सञ्चालन गरेका व्यक्ति पक्राउ
शुक्रबार, साउन १५, २०८३
बुटवल- रुपन्देही प्रहरीले भैरहवा स्थित एक होटलमा कल बाइपास गर्दै आएका एक व्यक्तिलाइ पक्राउ गरेको छ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित बेलहिया बसपार्क स्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडा लिई भिआअइपीका उपकरण सिहत गोरखा चुमनुव्री गाउँपालिका वडा न.०४ का ६२ वर्षिय छिरिङ गुरुङलाइ पक्राउ...
बुटवल- रुपन्देही प्रहरीले भैरहवा स्थित एक होटलमा कल बाइपास गर्दै आएका एक व्यक्तिलाइ पक्राउ गरेको छ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित बेलहिया बसपार्क स्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडा लिई भिआअइपीका उपकरण सिहत गोरखा चुमनुव्री गाउँपालिका वडा न.०४ का ६२ वर्षिय छिरिङ गुरुङलाइ पक्राउ गरेको हो ।
शुद्धोधन गाउँपालिका उपाध्यक्ष चौधरी र एमआइएस अपरेटर कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, साउन १४, २०८३
कपिलवस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआइएस अपरेटर सुरेश कहाँरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।गाउँपालिकामा जागिर लगाइदिने बहानामा घुस लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा स्वीकृत कार्यक्रमको रकम नै दुईजनाको मिलेमतोमा हिनामिना गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

बुटवलमा नागरिक समाजको सद्भाव र्याली
बिहीबार, साउन १४, २०८३
बुटवल - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजले विहिबार बुटवलमा सद्भाव र्याली निकालेका छन् । सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्याली निकालिएको हो ।

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायणकै निरन्तरता, गुण्डु पुगेर पाए केपि ओलीको आशिर्वाद
बिहीबार, साउन १४, २०८३
बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो ।

बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली
बुधबार, साउन १३, २०८३
बुटवल - सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा सद्भाव र्याली निकालिएको छ। “सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति" भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।राजा–ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिद र एमआरआरले बुटवलमा सुनसरीमा उत्पन्न घटनालाई मध्यनजर गरी सदभाव र्याली निकालिएको हो ।...
बुटवल - सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा सद्भाव र्याली निकालिएको छ। “सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति" भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।राजा–ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिद र एमआरआरले बुटवलमा सुनसरीमा उत्पन्न घटनालाई मध्यनजर गरी सदभाव र्याली निकालिएको हो । बुटवल राजमार्गा चौराहाबाट निकालिएको उक्त सद्भाव र्याली ट्राफिकचोकमा पुगेर समापन गरिएको थियो ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम
बुधबार, साउन १३, २०८३
दाङ - लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो ।