असहयोगी श्रीमान : मौनताको मूल्य र सम्बन्ध विच्छेदको जोखिम
मंगलबार, जेठ १३, २०८२
दाम्पत्य जीवन, जहाँ दुई व्यक्ति एक अर्काका आधार बन्ने वाचा गर्छन्, कहिलेकाहीँ मौन अपेक्षा र अलिखित नियमहरूको बोझले थिचिन पुग्छ। नेपाली समाजमा 'असहयोगी श्रीमान्' को मुद्दा अझै पनि पर्दाभित्रै छ, किनकि पितृसत्तात्मक विरासतले पुरुषको भूमिकालाई 'कमाउने' मा सीमित गरिदिन्छ र घरभित्रका जिम्मेवारीलाई महिलाको स्वाभाविक कर्तव्य ठानिन्छ। तर, जब सँगै हिँड्ने वाचा गरेका दुईमध्ये एकले बोझ उठाउन छोड्छ, तब त्यो सम्बन्धको जग कसरी जोगिएला? आजको बदलिँदो परिवेशमा, यस्तो असहयोगले महिलाको आत्मसम्मान, मानसिक स्वास्थ्य र समग्र जीवनमा कस्तो अदृश्य घाउ लगाउँछ भन्नेबारे गम्भीर विमर्श आवश्यक छ।
बौद्ध दर्शनको विकासमा सञ्चारको योगदान
मंगलबार, जेठ १३, २०८२
गौतम बुद्धको जन्म, जीवन र महापरिनिर्वाण पश्चात् बौद्ध धर्म—दर्शनको विस्तारका क्रममा यहाँसम्म आउँदा सञ्चारको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । बौद्ध धर्म–दर्शनको सञ्चारमा चिनियाँ–यात्री फाइह्यानको यात्रा विवरण र तिब्बतको दिस्पोराले महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ । सञ्चार नभएको भए आजको बौद्ध धर्म—दर्शन उति बेलै लोप हुने थियो । गौतम बुद्धद्वारा प्रतिपादित धर्म—दर्शनको...
अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास र मजदुरको अवस्था
बिहीबार, वैशाख १८, २०८२
आजभन्दा १३६ वर्ष अगाडि सन् १८८६ को मई १ को दिन ज्याला बढाउने र ८ घण्टा कामको समय मुख्य माग राखी संरा अमेरिकाका मजदुरवर्गले देशव्यापी हडतालको आह्वान गरे । पहिलो दिनमै लाखौँ अमेरिकी मजदुरहरू हडतालमा सामेल भए । शिकागो सहरमा मात्रै ४० हजार मजदुरहरूले हडतालमा भाग लिए । हडताली मजदुरहरूको...
शिक्षककाे आन्दाेलनप्रती सरकार माैन किन ?
शुक्रबार, वैशाख ५, २०८२
शिक्षा मन्त्री विद्या भट्टराईले आन्दोलनमा रहेका शिक्षकहरूका मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै वैशाख १२ गते बस्ने संसद अधिवेशनसम्म पर्खन आग्रह गरेकी छन् । तर, मन्त्रीको यो आग्रहलाई आन्दोलनरत शिक्षकहरुले स्विकार गरेकै छैनन । चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा शिक्षकहरु छन् ।


